झापा।आगामी आर्थिक वर्षका लागि योजना छनौट अन्तर्गत हल्दीबारी गाउँपालिकाले आज बालबालिकासँग अन्तरक्रिया गर्ने उद्देश्यले ल बाल भेला कार्यक्रम सम्पन्न गरेको छ।

हल्दीबारी गाउँपालिका बाल सञ्जालका अध्यक्ष पवन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मी देवी मैनाली, योजना शाखा प्रमुख राजन न्यौपाने, रोजगार संयोजक सपना न्यौपाने , महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगर सहित विभिन्न विधालयका शिक्षक प्रतिनिधिहरू सहित बालबालिकाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बालअधिकार , आगामी दिनमा गाउँपालीकाले योजना बनाउँदा कुन कुन कुराहरूमा जोड दिने भनेर बालबालिकाहरूलाई विभिन्न चित्र बनाउन लगाएर र सोही चित्रहरु बाटै छनौट गरेर कुन् कार्यलाई प्राथमिकता दिने भन्ने बारे पनि भोटको माध्यम बाट पत्ता लगाइएको थियो ।
कार्यक्रममा बोल्दै हल्दिबारी गाउँपालिका अध्यक्ष लिङदेनले बालबालिकाहरूले उठाएका उपयुक्त विषयवस्तुहरू लाई आगामी दिनमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए।
यस्तै महिला तथा बालबालिका शाखा प्रमुख मगरले बालबालिकाहरूको हक हितको लागि शाखाले सधै सहयोग गर्ने बताएकी थिइन्।
बाल अधिकार सम्बन्धी जानकारी एवं योजना छनौटमा सहजकर्ता सुमन ढकालले सहजीकरण गरेका थिए । बालसंजाल हल्दिबारी की उपाध्यक्ष लक्ष्मी महतो ले स्वागत गरेको कार्यक्रमको संचालन सञ्जालका सदस्य भुवन कार्कीले गरेका थिए।







