त्रिवेणी युथ र युवा एकता क्लब त्रिवेणी गोल्डकपको सेमीफाइनलमा प्रवेश

667 views

झापा।प्रथम त्रिवेणी मिनि गोल्ड्कप को आज छैठो दिनमा भएको पहिलो क्वाटरफाइनल खेलमा चाराली फुटबल क्लब लाई हराउँदै युवा एकता क्लब सेमि फाइनलमा प्रवेश गरेको छ। प्रतिस्पर्धात्मक बनेको खेलमा युवा एकता का जर्सी नं ११ का खेलाडी निखिल तामाङ ले गोल गरेका थिए।

आजै भएको दोस्रो खेलमा योङ स्टार फुटबल क्लब लाई हराउँदै त्रिवेणी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।त्रिवेणीका लागि जर्सी नं १९ का रिक्की श्रेष्ठले गरेको १ गोल नै निर्णायक गोल बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search