सताक्षीधाममा एकैपटक अनेकौँ दर्शनविग्रहको उदघाटन, धार्मिक सहिष्णुता जोगाई राखौँ , राजेन्द्र लिङदेन

झापा। झापाको शिवसताक्षी धाममा तिलाश्री सर्वेश्वर  शालिग्राम , राष्ट्रदेव श्रीदिगम्बर कैलास्पती महादेव, गजेन्द्र मोक्ष तिर्थ स्थल , दामोदर भद्र अखण्ड दिप मन्दिर , श्री भारद्वाज जलासय , कामधेनु गौमाता ,वीर बलभद्र हनुमानको भिमकाय मुर्ती को संयुक्त रूपमा प्राण प्रतिष्ठा गरिएको छ।

सताक्षीधाम गोलोक गोवर्धन गौशाला का प्रमुख महाराज नन्दकिशोर भारद्वाज को अध्यक्षतामा भएको समुद्घाटन समारोहमा निवर्तमान उपप्रधानमन्त्री एवंम राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, क्षेत्र नं ४ का संघिय सांसद एल पी सांवा,राप्रपा प्रवक्ता एवं कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौला, राप्रपाका प्रवक्ता एवंम संघिय सांसद ज्ञानेन्द्र शाही , जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख शिवराज पोखरेल,शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ थोप्रा लगायत धार्मिक तथा सामाजिक व्यक्तित्वहरुको उल्लेखिय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले श्रिगोलोक गोवर्धन गौशाला पुर्व कै धार्मिक क्षेत्र , गौमाताको संरक्षणस्थल भएकाले यो भूमिमा भगवान को वास रहेको बताएका थिए।
कार्यक्रममा बोल्दै लिङदेनले ” फरक फरक नामले पुकार गरेपनि सबै धर्म एउटै रहेको भन्दै जात र धर्मको आधारमा कसैको भावनामा ठेस पुर्याउन नहुने धारणा राखेका थिए”।
यस्तै कार्यक्रममा बोल्दै ज्ञानेन्द्र शाहीले ” गौमाताको रक्षा गर्नेले आफ्नो धर्म र संस्कृतिको रक्षा गर्ने भन्दै गौहत्या गर्नेलाई कुनै छुट दिन नहुने धारणा राखेका थिए।
अर्का सांसद सांवाले आफ्नै क्षेत्र भएको पवित्र तीर्थस्थल को विकास र संरक्षणमा आफ्नो साथ सधै रहने प्रतिबद्धता जनाएका थिए।

भारद्वाज गोत्रका लक्ष्मी संग्रौला साथै परिवारजनले उक्त धार्मिक स्थलमा विभिन्न देवीदेवताहरूको मूर्ति स्थापना गरेका हुन्।
कार्यक्रमको अन्त्यमा बोल्दै महाराज नन्दकिशोर भारद्वाजले संग्रौला परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए भने सताक्षीधाम को विकास र संरक्षणमा सहयोग गर्न सबैलाई आग्रह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...