राप्रपामा युवाको आकर्षण बढ्दो, दमकमा सयौँले गरे पार्टी प्रवेश

1,778 views

झापा।राप्रपा झापा निर्वाचन क्षेत्र नम्बर ५ को अगुवा कार्यकर्ता भेला आज भब्य रुपमा सम्पन्न भएको छ। क्षेत्रिय अध्यक्ष भिम पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भने ” भष्ट्राचारको जालोमा पार्टीका ठूला नेताहरु फसेपछि अहिले कांग्रेस र कम्युनिष्टलाई कार्यकर्ता जोगाउनै धौ धौ छ”।
अर्को एक फरक प्रसंगमा उनले भने पार्टीको नेतृत्व एउटै व्यक्तिले लामो समय गर्न नहुने भन्दै राप्रपा ले दुई कार्यकाल पछि नेतृत्व हस्तान्तरण गर्ने नियम बनाउनेछ । युवाहरुको राजनीतिप्रति को वितृष्णा पार्टीको खराब नेतृत्व का कारण हुने भएकाले राप्रपा त्यो गल्ती नदोहोरियाउने पक्षमा भएको पनि उनले स्पष्ट पारेका थिए।
राप्रपा देश र जनताको हितमा काममा गर्ने पार्टी भएकाले भष्ट्राचारलाई शत्रु मानेर काम गर्ने र यो अभियान सफल बनाउन सबैको साथ चाहिने भन्दै संगठन विस्तार गर्न कार्यकतालाई निर्देशन दिएका थिए।

यसैगरी राप्रपाका प्रमुख सचेतक एवंम सांसद ज्ञानेन्द्र शाहीले नेपालका फटाहा मन्त्रीको कारण भारतले नेपाललाई हेर्ने दृष्टिकोण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा राज्यमन्त्रीले गरेको स्वागत बाटै स्पष्ट भएको भन्दै देशको रक्षार्थ सबै एकजुट हुन आग्रह गरेका थिए।
उनले भने “६ जना नतर्की को नाचमा प्रधानमन्त्रीलाई स्वागत” हैसियत अनुसार ठिकै हो “।
यसरी देशकै बेइज्जत हुदाँ पनि प्रधानमन्त्रीले देश चलाउन विदेशी शक्तिको दास भएको जिकिर गरे।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख सचेतक ज्ञानेन्द्र शाहि विशिष्ट अतिथि रहेका थिए।
राप्रपाका नेताहरू अम्बर बिष्ट ,गोपाल गजमेर , डा. राजेश गिरी, राधा पोखरेल,राजु खडका, राजकुमार राई, राजकुमार योङहा लगायतका नेताहरु सहित सयौँको सङ्ख्यामा कार्यकताहरूको उपस्थिति रहेको थियो।

आजको कार्यक्रममा उधोगी , व्यवसायी,स्वतन्त्र , साहित्यकार, पत्रकार, विधार्थी, लगायत विभिन्न पार्टी परित्याग गरी  सयौँको संख्यामा राप्रपा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई लिङदेन र शाहीले पार्टी सदस्यता सहित स्वागत गरेका थिए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search