के एण्ड के क्लबलाई ३/१ गोल अन्तरले पराजीत गर्दै आयोजक त्रिवेणी मिनि गोल्डकप को फाइनलमा

1,162 views

झापा।  हल्दिबारी मा जारी प्रथम त्रिवेणी मिनि गोल्डकप को आजको सेमीफाइनल खेलमा  आयोजक त्रिवेणी एफसी हल्दिबारी ५ के एन के क्लब माईधारलाई १ का विरुद्ध ३ गोल  गर्दै  फाइनल प्रवेश गरेको छ।

खेल सुरु भएको ४ मिनेटमै त्रिवेणीका जर्सी नं १९ का खेलाडी रिक्की श्रेष्ठले शानदार गोल गरेका थिए । १३ औ मिनेटमा के एन के का जर्सी नं ७ का पवन राईले जवाफी गोल फर्काएका पछि खेल बराबरीमा पुगेको थियो। खेलको २२ औ मिनेटमा त्रिवेणीका जर्सी नं ९ का खेलाडी ले गोल गर्दै खेललाई अझै प्रतिस्पर्धात्मक बनाएका थिए।

पहिलो हाफमा २/१ को अन्तर रहेको खेलमा दुवै टिमले गोल गर्ने निकै अवशरमा चुकेका थिए।
दोस्रो हाफको १५ औ मिनेटमा २६ नं जर्सीका खेलाडी अस्मित मगरले तेस्रो गोल गरेपछि त्रिवेणीको फाईनल को यात्रा पक्का भएको थियो।

आजको खेलको म्यान अफ दि म्याच त्रिवेणी एफ सी का आशिष राई घोषित भएका थिए । उनलाई आजका प्रमुख अतिथि हल्दिबारी ५ का वडा सदस्य बिजय फागो ले सम्मान गरेका थिए।
भोलिको फाइनल खेल त्रिवेणी एफसी र युवा एकता समाज हल्दिबारी २ को बिच हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search