गहुँ बाली उत्पादन प्रवर्द्धन कार्यक्रम अन्तर्गत , हल्दिबारीमा माटो परीक्षण घुम्ती शिविर सम्पन्न

झापा।हल्दीबारी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा बालि विकास तथा जैविक विविधता केन्द्र बाट प्राप्त सशर्त अनुदान अन्तर्गत गहुँ उत्पादन प्रवर्द्धन कार्यक्रम मार्फत १ दिने मल तथा माटो परिक्षण घुम्ती शिविर हल्दीबारी वडा नं २ मा सम्पन्न भएको छ।


कार्यक्रममा कृषि ज्ञान केन्द्र,मल तथा माटो परिक्षण प्रयोगशालाको प्राविधिक सहयोग रहेको थियो ।
माटो जाँचका लागि माटो संकलन हल्दीबारी मा वि का कृषि प्राविधिक पढ्ने विद्यार्थीहरुले गरेका थिए ।
माटो परिक्षण मोबाइल भेन मार्फत भएको थियो भने माटो परीक्षण द्वारा आफ्नो खेतमा चाहिने र काम भएका तत्व जस्तै (NPK) , माटोको PH, अर्गानिक मलको प्रयोगको मात्रा आदि थाहा पाउन सकिने कृषि विकास शाखा हल्दिबारी गाउँपालिका का प्रमुख छविलाल गुरुङ्गले बताए।
उक्त माटो परिक्षणको नतिजा आउन २/४ दिन लाग्ने पनि गुरुङले जानकारी दिएका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...