सामुदायिक मेलमिलाप सम्बन्धी आधारभूत तालिम हल्दिबारी गाउँपालिकामा शुभारम्भ

437 views

झापा। सामुदायिक मेलमिलाप सम्बन्धी आधारभुत तालिम आजबाट हल्दीबारी गाउँपालिकामा सुरु भएको छ। हल्दिबारी गाउँपालिका न्यायिक समितिको आयोजना रहेको तालिम तिन दिन सम्म हुनेछ।

गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेनको अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रममा, माननयि न्यायधीश चन्द्रमणी ज्ञावलीको प्रमुख आतिथ्यता तथा माननिय न्यायधीश मनोज कुमार श्रीवास्तव विशिष्ठ अतिथि रहेका थिए।
हल्दिबारी गाउँपालिकाका मेलमिलाप कर्तालाई न्याय सम्पादनमा सहज होस् भनेर आधारभूत तालिम आयोजना गरिएको न्यायिक समिति संयोजक एवंम हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले बताइन्।

तालिममा मेलमिलापकर्ता सँगै जनप्रतिनिधिहरू तथा वडा सचिव हरूको सहभागिता रहेको छ।पहिलो दिनको तालिममा मेलमिलापकर्ताले गाउँघरमै मिलाउन सक्ने मुद्दा, सरकार बादी र व्यक्तीबादी मुद्दा लगायतका बारेमा न्यायाधीशहरूले प्रष्ट पारेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search