सामुदायिक मेलमिलाप सम्बन्धी आधारभूत तालिम हल्दिबारी गाउँपालिकामा सम्पन्न

झापा।हल्दिबारी गाउँपालिका न्यायिक समितिद्वारा आयोजित ३ दिने सामुदायिक मेलमिलाप सम्बन्धी आधारभूत तालिम आज समापन भएको छ।
समापन समारोह हल्दिबारी गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक लक्ष्मीदेवी मैनाली को अध्यक्षतामा भएको थियो।
३ दिन सम्म संचालन भएको तालिममा सामुदायिक मेलमिलापकर्तालाई गाउँसमाजमा आउने गरेका समस्या र समाधानका प्रकृया, मेलमिलापकर्ताहरूले गाउँठाउँ मै मिलाउन सक्ने मुद्दा, मिलाउन नसक्ने मुद्दाहरू जस्तै, जवरजस्ती करणी, हातहतियार लगायतका मुद्दाहरू का बारेमा प्रष्ट पारेका थिए।
तालिमको अन्तयमा सहभागीहरूले आफ्ना जिज्ञासा राखेका थिए भने जिल्ला न्यायाधीश  चन्द्रमणी ज्ञवालीले प्रष्ट पारेका थिए।
३ दिन सम्म संचालन भएको तालिमको सहजीकरण जिल्ला न्यायाधीश चन्द्रमणी ज्ञवाली, मनोज श्रीवास्तव र ईश्वर ओझाले सहजीकरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...