झापा। विगत केही समय अघिदेखि झापामा अत्यधिक बढेको गर्मीका कारण हल्दिबारी गाउँपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरु जेठ २६ गते सम्म बिदा दिने निर्णय गरेको छ । गत जेठ १९ गतेबाट २२ गतेसम्म बिदा दिने निर्णय गरिएकोमा अझै पनि मौसममा सुधार नभई तापक्रम नघटेको साथै मौसम पूर्वानुमान महाशाखाले समेत तातो हावा चल्ने, लु लाग्न सक्ने सम्भावना रहेको सुचना जारी गरेको कुरालाई मध्यनजर गरी बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै थप
(४ दिन) सम्म विद्यालयहरु बिदा दिने निर्णय गरिएको गाउँपालीका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले जानकारी दिएका छन्।
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026