विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धी अन्तरक्रिया हल्दिबारी गाउँपालिकामा सम्पन्न

झापा।नेपाल रेडक्रस सोसाइटी झापाको आयोजना तथा हल्दिबारी गाउँपालिकाको समन्वयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्थानीय तहको भूमिका विषयक छलफल कार्यक्रम हल्दिबारी गाउँपालिकामा सम्पन्न भएको छ।

‌प्राकृतिक प्रकोपहरु कहाँ कसरी आउँछ भन्ने थाहा नहुने भएकाले हुन सक्ने सम्भावित जोखिम र बच्न का लागि के गर्ने? समस्या पर्नुभन्दा पहिले कसरी बच्ने लगायतका विषयमा रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सहजीकरण गरेका थिए।

जोखिम न्यूनीकरणका लागि स्थानीय तहले गर्नुपर्ने पूर्वतयारी , जोखिम भईसकेपछि तत्काल गर्नुपर्ने कार्यहरु, राहत वितरणमा गाउँपालिका स्तरीय तथा वडा स्तरीय विपद् व्यवस्थापन समितिको काम कर्तव्य र भूमिका लगायतका बारेमा अन्तरक्रिया भएको थियो।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडाध्यक्षहरू देवीबहादुर थापा, सन्तकुमार थापा, विष्णु ओली र शुकलाल राजवंशी, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, रेडक्रस हल्दिबारी सभापति कर्णाखर प्रसाई, जलथल रेडक्रस सभापति रेम खरेल, जलथल र गोलधाप प्रहरी चौकी इन्चार्जहरू लगायत विभिन्न सरोकारवाला निकायहरुका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search