हल्दिबारी गाउँपालिकामा रोजगार संवाद मञ्च कार्यक्रम सम्पन्न

झापा। हल्दिबारी गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आज रोजगार संवाद मञ्च कार्यक्रम सम्पन्न भएको छ।
आफ्नै देशमा रोजगारीको वातावरण सिर्जना गर्ने तथा वैदेशिक रोजगारीमा गएर फर्किएर आएका नागरिकलाई स्वदेशमै बस्ने वातावरण बनाउने, गाउँपालीका भित्रै कृषि तथा अन्य उत्पादनलाई रोजगारी संग जोड्ने गरी निति तथा योजना बनाउने सम्बन्धी अन्तरक्रिया गरिएको थियो।
त्यस्तै हल्दिबारी गाउँपालिका बाटै वैदेशिक रोजगारीमा जानेलाई श्रमस्वीकृति भईरहेको र श्रमस्वीकृति गरेर गएका नागरिकले विदेशमा बिरामी हुँदा आफूले र आफ्ना परिवारका सदस्यले पाउने उपचार सुविधा लगायत कुनै कारण कोही वैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा परिवारले पाउने राहत आदिको विषयमा पनि सहजकर्ता फडिन्द्र दाहालले प्रष्ट पारेका थिए। यसैगरी मृत्यु तथा बिरामी हुँदा पाउने राहत तथा सुबिधा गा पा बाटै पहल गर्न सकिने कुरा सहजकर्ता ले बताए।

हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडाध्यक्षहरू देवीबहादुर थापा, शुकलाल राजवंशी, विष्णु ओली र खडग लावती सहित कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू,वडा सचिवहरु लगायतको उपस्थिति रहेको थियो।
योजना शाखा प्रमुख राजन न्यौपानेले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने कार्यक्रमको संचालन रोजगार शाखा प्रमुख सपना न्यौपानेले गरेकी थिइन्।

कार्यक्रममा बोल्दै गाउँपालीका अध्यक्ष लिङदेनले वर्षैपिच्छे एउटै कार्यक्रम दोहोर्याएर पनि खासै उपलब्धी हासिल नभएको भन्दै आगामी दिनमा विधार्थीहरूलाई विधालयमै प्राविधिक, व्यवहारिक र व्यावसायिक शिक्षा को निति समावेश गर्न पहल गर्ने धारणा राखेका थिए।

उपाध्यक्ष मैनालीले सबै वैदेशिक रोजगारीमा जाने नागरिकहरुलाई एकपटक रोजगार शाखामा आएर सबै कुरा बुझ्ने वातावरण बनाउन आवश्यक रहेको औल्याएकी थिइन्।

यसैगरी वडाध्यक्षहरुले परिवार सँग प्रत्यक्ष जोडिएको विषयवस्तु भएको भन्दै कार्यक्रम उत्कृष्ट भएको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search