राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन द्वारा हल्दिबारीमा वृक्षारोपण

झापा।राप्रपा संबद्ध राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ झापाको आयोजनामा जैविक विविधताले भरिएको जलथलको हरियाली सामुदायिक वन उपभोक्ता समूह हल्दीबारी ५मा वृक्षारोपण कार्य सम्पन्न भएको छ।
फलफूल सहित विभिन्न प्रजातिका करिब ५०० बिरुवा रोप्ने भएको राप्रपाका जिल्ला सचिव कुमार थापाले जानकारी दिएका छन्।

कार्यक्रममा ट्रेड युनियन महासंघ जिल्ला अध्यक्ष गोपाल गुरुङ , राप्रपा जिल्ला अध्यक्ष केशव प्रसाद ओझा , सचिव कुमार थापा, महासंघ कोशी प्रदेश अध्यक्ष हर्क लिम्बु , हल्दीबारी गाउँपालीका अध्यक्ष रबिन्द्र लिङदेन, हरियाली वन उपभोक्ता समिति अध्यक्ष झम्बिर नेम्बाङ , रातमाटे वन उपभोक्ता समूह का अध्यक्ष जनक तामाङ, शान्ति वन उपभोक्ता समिति अध्यक्ष उदेश मोक्तान लगायत को उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...