झापा।राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुर वडा नं ५ को अधिवेशन सम्पन्न भएको छ।
देवकुमार घिमिरे को अध्यक्षतामा भएको कार्यक्रममा
राप्रपाका केन्द्रिय सहमहामन्त्री भारतेन्दु मल्लिक प्रमुख अतिथि रहेका थिए पार्टीका जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, उपाध्यक्ष सिता लम्साल, भद्रपुर ७ का वडाध्यक्ष अविशेक ढुंगाना, बाबुराम पराजुली, सागर घिमिरे, युवा संगठन अध्यक्ष राजकुमार राई, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, पूर्णबहादुर मगर, देवेन्द्र पोखरेल लगायत पार्टीका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो।
अधिवेशनबाट पुन देवकुमार घिमिरे नै अध्यक्ष बनेका छन् भने उपाध्यक्ष सञ्जय घोष र अर्जुन ठकुरी, सचिव अविनाश सहनी, सहसचिव विश्वनाथ राजवंशी, कोषाध्यक्ष चन्द्रकला भुसाल सहित नर बहादुर वन, शिवलाल गिरी, संजय ढकाल, कृष्ण खडका, सरिता यादव र उमेश चौधरी सदस्य रहेको ११ सदस्यीय समिति गठन भएको छ।
यसैगरी आज नै हरिमाया गुरुङको अध्यक्षमा ११ सदस्यीय महिला संगठन र
शिवा राजवंशी को अध्यक्षतामा ११ सदस्य सदस्यीय युवक संगठन पनि गठन गरिएको छ।
सागर घिमिरेले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको संचालन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष माधव पोखरेलले गरेका थिए।