पाताञ्जल योग समिति हल्दिबारीद्वारा एक दिवसीय गोष्ठी सम्पन्न

झापा। नवौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा पाताञ्जल योग समिति हल्दिबारीले एक दिवसीय गोष्ठी सम्पन्न गरेको छ।

हल्दिबारी पाताञ्जल योग समितिका अध्यक्ष मिलन विश्वकर्मा को अध्यक्षतमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको प्रमुख अतिथि रहेका थिए भने वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा, वडा सदस्यको भगिरथा दाहाल, पाताञ्जल योग समितिका प्रदेश अध्यक्ष केशव ताम्राकार,झापा जिल्ला अध्यक्ष श्याम ल्वागुन , कृष्णसागर इङलिस स्कुलका शिक्षक योगेश कार्की, जलथल स्वास्थ्य चौकी इन्चार्ज माधवप्रसाद यादव, महेन्द्र मा वि का शिक्षक अविकेशर दाहाल सहित संचारकर्मीहरु , प्रहरी प्रशासन, विधार्थीहरू लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
सुरुवातमा बडावारी बजारमा योग सम्बन्धी नारा सहित परिक्रमा गर्दै वडा कार्यालयमा आएर औपचारिक कार्यक्रम आयोजना गरिएको थियो।
स्वस्थ जिवनशैलीका लागि योग कतिको आवश्यक छ, किन गर्ने लगायतका विषयमा जिल्ला सदस्य एवं प्रशिक्षक जयप्रसाद पोखरेल प्रष्ट पारेका थिए।
कार्यक्रममा प्रमुख अतिथि लिङदेनले स्वस्थ रहनका लागि योग साधना अत्यावश्यक भएको र आगामी दिनमा गाउँपालीकाले केही योजना बनाएर अघि बढाउने प्रतिबद्धता जनाएका थिए।
हल्दिबारी गाउँपालिकामा बच्चा देखि वृद्ध सम्म योग साधना गरिरहेका छन्।
समितिकी उपाध्यक्ष इन्दिरा कोइरालाले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको संचालन सचिव होमनाथ अधिकारीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...