झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भद्रपुर वडा नम्बर ६ को अधिवेशन सम्पन्न भएको छ।
ढक बहादुर बिष्टलाई अध्यक्ष चयन गरेको अधिवेशनले उपाध्यक्षमा शुक्रराज ढकाल र महेश कामती, सचिव वेविका विष्ट र कोषाध्यक्षमा जमुना काफ्ले सहित ११ सदस्यीय समिती बनाएको छ।
राप्रपाका केन्द्रिय अध्यक्ष माननीय राजेन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा
पार्टीका सह-महामन्त्री तथा भद्रपुर नगरपालिकाका पुर्व मेयर भारतेन्दु कुमार मल्लिक,जिल्ला अध्यक्ष केशब ओझा,उपाध्यक्ष सीता लम्साल,सचिव अभिषेक ढुङ्गाना सहितको उपस्थिति रहेको कार्यक्रममा सागर घिमिरेले स्वागत गरेका थिए।