राप्रपा भद्रपुर वडा नम्बर ७ को अधिवेशन सम्पन्न, अध्यक्षमा पुनम सिंह राजवंशी

झापा।पार्टी सुदृढीकरण तथा सुद्धिकरण अभियान अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टी झापा भद्रपुर नगर अन्तर्गत वडा नं ७ को अधिबेशन सम्पन्न भएको छ।

पार्टीका सह-महामन्त्री तथा भद्रपुर नगरपालिकाका पुर्व मेयर भारतेन्दु कुमार मल्लिक को प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले पुनम सिंह राजवंशीको नेतृत्वमा ११ सदस्यीय टिम सर्वसहमतीले चयन गरेको छ।


राप्रपा जिल्ला अध्यक्ष केशब प्रसाद ओझा, उपाध्यक्ष सिता लम्साल, सचिव अभिषेक ढुङ्गाना,जिल्ला सदस्य द्वय नवराज घिमिरे,कृष्ण सुब्बा,राप्रयुसं का केन्द्रिय सदस्य महाबिर मित्रुका, राष्ट्रिय प्रजातान्त्रिक युवा संङ्गठनका झापा जिल्ला अध्यक्ष राजकुमार राई,पुर्व प्रहरी सङ्गठनका जिल्ला अध्यक्ष अम्बिका पोखरेल साथै भद्रपुर वार्ड नम्बर ३ का निर्वाचित वडा अध्यक्ष हेम कार्की सहितका जिल्ला,क्षेत्रीय,नगर तहका नेता,कार्यकर्ता सहितको उपस्थिति रहेको कार्यक्रममा
स्वागत मन्तव्य राप्रयुसं कि युवा नेत्री राजवंशीले नै राखेकी थिइन्।
अधिवेशनबाट उपाध्यक्षमा:- टेकराज पोख्रेल र शान्ती उपाध्याय,सचिव- दिर्घराज आचार्य ,सह-सचिव:-कुल प्रसाद निरौला ,कोषाध्यक्ष:- घनश्याम बानियाँ सहित ११ सदस्यीय समिती चयन गरेको छ।
साथै राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनमा अध्यक्ष:-सङ्गिता मगर
र सचिवमा:- टीका दुलाल
युवक सङ्गठनमा:- अध्यक्षमा प्रह्लाद नेपाल
मजदुर सङ्गठनमा:- रामबिलास मुखिया
का साथै वार्ड ७ को सम्पुर्ण जनबर्गिय सङ्गठन बिस्तार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...