हल्दिबारी बाट हराएका दुई बालक भारतमा फेला, गाउँपालीका अध्यक्ष सहितको टोलीबाट उद्दार

झापा/ झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर १ का दुई बालक घर बाट दुईदिन अगाडि हराएका र आज बिहान हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङदेन सहितको टोलिले भारतको तारावारि बाट बालकको उद्दार गरेका छन।


हल्दिबारी १ घर भएका लक्ष्मण बस्नेत र बिमल आचार्य नाम गरेका दुई बालक आइतबार घर बाट हराएका र उनिहरुको खोज तलासी गर्ने क्रममा उनिहरु हिजो बेलुका १० बजे भारतका पुलिसले फेला परि, नेपालमा सबै तिर सामाजिक संजालमा बालक झापाको मेचिनगर नगरपालिका वडा नम्बर :४ हुँदै भारतको ताराबारीमा भेटिका थिए भनी सबै तिर दुई बालकका तस्वीर भाइरल बन्दै गएपछि उक्त तस्वीरमा भएका बालक हल्दिबारी का मानिसले पहिचान गरेका थिए । त्यसपछी बालकका आफन्त लाई खबर गरेर जानकारी दिए सङै आज बिहान नै गाउँपालिका अध्यक्ष रबिन्द्र लिङदेन , हल्दिबारी १ का वडा अध्यक्ष देवीबहादुर थापा,गाउँपालिका बाल संजाल अध्यक्ष पवन गिरी सहित प्रहरी, सन्चारकर्मी, मेचीनगर वडा -४ का वडा अध्यक्ष अर्जुन कार्की सहितको टोलिले उद्दार गरेका हुन।
बालकहरूलाई परिवारको जिम्मा लगाइसकेको अध्यक्ष लिङदेनले बताए।

उद्दार पछि ती बालकलाई उक्त उद्दार टोलिले परिवार लाई जिम्मा लगाएका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...