हल्दिबारी गाउँपालिकाको गाउँसभाको अधिवेशन सम्पन्न, कृषि, स्वास्थ्य र शिक्षामा जोड

झापा।हल्दिबारी गाउँपालिकाको गाउँ सभा १५ औ अधिवेशन आज असार १३ गते निति तथा कार्यक्रम सर्वसम्मत पारित गर्दै सम्पन्न भएको छ।
४७ करोड ७४ लाख ३० हजार ४०० को कुल बजेट तयार पारेको गाउँपालिकाले आर्थिक विकास तर्फ ५७ लाख, सामाजिक विकास तर्फ ४ करोड ७ लाख ५५ हजार, पूर्वाधार विकास तर्फ ९ करोड २१ लाख ९५ हजार,वन वातावरण तथा विपद व्यवस्थापन ११ लाख ६४ हजार र सुशासन तथा संस्थागत विकास तर्फ ४२ लाख को आय व्यय तयार पारेको छ।

हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा सुरु भएको सभा मा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत ईन्द्रप्रसाद चापागाई सहित सबै गाउँसभा सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो।

आजको सभाबाट गाउँपालिका गाउँ सभा सदस्य तथा कार्यक्रम समिति संयोजक
लक्ष्मी देवी मैनाली द्वारा पहिलो बैठकमा पेश गरिएको विनियोजन विधेयक २०८० र आर्थिक विधेयक २०८० पास भएको छ।

निति तथा कार्यक्रममा “हल्दिबारीका छोरा छोरी प्राविधिक शिक्षा मार्फत रोजगारी” भन्ने नाराका साथ प्राविधिक शिक्षा को सुरुवात हुनेछ भने किसानको खुसी, पशुपालन र कृषि कार्यक्रमलाई निरन्तरता दिदैँ
कृषकले उत्पादन गरेका कृषि उपज वस्तु सहज तरिकाले बजारीकरण गर्नका लागि कृषि एप्स निर्माण गर्ने कार्यक्रम तय गरिएको छ।
‌१० हजार लिटर सम्म खानेपानी निशुल्क कार्यक्रमलाई पनि यो वर्ष निरन्तरता दिएको छ ।
पर्यटन तर्फ फेरि पनि घुम्न जाउ, हल्दिबारी गाउँ कार्यक्रम लाई निरन्तरता दिदैँ भेलागडी, पाथीभरा, धनुषपोखरी, साकेला लगायतका क्षेत्रहरूमा पर्यापर्यटन बढाउने कार्यक्रम पनि निरन्तर अघि बढ्ने भएकाे छ।
रोजगारी तर्फ प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिदैँ सबैलाई सिप सबैलाई रोजगार कार्यक्रम को सुरू गर्ने भएको छ।
हल्दिबारीका महिला विकासमा पहिला भन्ने अभियानलाई निरन्तरता दिदैँ महिला सशक्तिकरण कार्यक्रम र टोल विकास संस्थालाई प्राथमिकतामा राखेर कार्य संचालन गर्ने भएको छ।
यसैगरी हल्दिबारी आधारभूत अस्पताल अस्पतालमा भिडियो एक्सरे सहितको एक्सरे सेवा विस्तार,७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई तिनवटै स्वास्थ्य चौकीबाट प्राप्त हुने ल्याव सेवा निशुल्क गर्ने व्यवस्था मिलाउने जस्ता कार्यक्रम पास गरेको छ।
सभामा समय लिएर गाउँसभा सदस्यहरु शुकलाल राजवंशी, अम्बिका तोलाङ्गी, शान्ता शिवाकोटी, जिवन कन्दंवा,प्रकास कार्की लगायतले सुझाव पेश गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...