झापा। हल्दिबारी गाउँपालिकामा आज विधार्थीहरुलाई लक्षित गरि स्थानीय तहको काम,कर्तव्य र भुमिका बारे जानकारी प्रदान गर्ने उद्देश्यका साथ स्थानीय तह र विधार्थी बिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
हल्दिबारी गाउँपालिका का अध्यक्ष एवं शिक्षा समिति संयोजक रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली,प्रमुख प्रशासकीय अधिकृत ईन्द्रप्रसाद चापागाई,शिक्षा शाखा प्रमुख जनककुमारी राई सहित विभिन्न शाखाका प्रमुखहरूसँग हल्दिबारी ४ मा अवस्थित श्री महेन्द्र मा वि का कक्षा ८,९ र १० मा अध्य्यन गर्ने विधार्थीहरूले भेटघाट गरेका थिए।
कार्यक्रममा विधार्थीहरूलाई जनप्रतिनिधि,शाखा प्रमुखहरूले शाखाहरुले जनतालाई प्रदान गर्ने सेवा सुविधाहरु, आवश्यक कागजात, प्रकृयाहरु का साथै गाउँपालीकाको विविध पक्षमा जानकारी गराईएको थियो ।