झापाका झर्रोवादी साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा आज अमेरिकाको टेक्सासमा निधन भएको छ ।
मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टा निवासी उहाँका एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् । उहाँ एक महिनाअघि पारिवारिक भेटघाटका लागि अमेरिका जानुभएको थियो । ज्वरो र पिसाबमा सङ्क्रमण फैलिएपछि टेक्सासकै एक अस्पतालमा उहाँको एक सातादेखि उपचार भइरहेको थियो ।
उहाँका उपन्यास, कथा, निबन्ध, हास्यव्यङ्ग्य, कविता, एकाङ्कीलगायतका थुप्रै कृति प्रकाशित छन् । विजयका निबन्ध ९निबन्ध, २०६४०, क्षितिजवारी क्षितिजपारी ९काब्य, २०६५०, बाटुली ९विज्ञान काब्य, २०६६०, इन्द्रकिल पहाडसँग ९यात्रा संस्मरण, २०६८०, विजयका कविता ९कविता सङ्ग्रह, २०६५०, सम्झनाका तरेली ९निबन्ध सङ्ग्रह, २०७७०, छोपिएका तारा ९इतिहास०, कति रोउँ म ९शोक काब्य०, राम साइँलीहरु ९कथा कुथुङ्ग्री, २०७४०, अल्पिल्टा स्वर ९निबन्ध सङ्ग्रह, २०७८० र कल्पना, मुना ९समालोचना, २०७८०, झर्रा शब्दहरुको सङ्ग्रह ९शब्दकोश, २०७९०, झिल्का ९कुथुङ्ग्री सङ्ग्रह० र युगारम्भ ९उपन्यास, २०७९० उहाँका प्रकाशित कृति हुन् ।
साहित्यकार खरेलका छोरा र बुहारी अमेरिकामा छन् । छोराबुहारी भेट्न उहाँ पत्नी पार्वती खरेलसहित अमेरिका जानुभएको थियो । उहाँका छोरी जयन्ती खरेल र चन्दा खरेल मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी हुनुहुन्छ ।
सुसेली साहित्यिक परिवार झापाका अध्यक्ष पुण्यप्रसाद खरेलले नेपाली साहित्य जगतले झर्रोवादी अग्रज साहित्यकार गुमाएको बताउनुभयो । “साहित्यका सबै विधामा उत्तिकै कलम चलाउनु हुन्थ्यो”, सुसेलीका अध्यक्ष खरेलले भन्नुभयो, “भर्खरै मात्र उहाँको झर्रा शब्दको शब्दकोश नै प्रकाशित भएको थियो ।”