हल्दिबारी वडा नं २ मा दलित सशक्तिकरण कार्यक्रम सम्पन्न

501 views

झापा। हल्दिबारी गाउँपालिका वडा नं २ मा आयोजित २ दिने दलित सशक्तिकरण कार्यक्रम अन्तर्गत उदघोषण तालिम आज समापन भएको छ। असार १९ गते सुरु भएको तालिम २० गते समापन भएको हो।
हल्दिबारी गाउँपालिका वडा नं २ को आयोजना र समय संजाल मिडियाको सहजीकरणमा तालिम सम्पन्न भएको थियो।

वडा नं २ कि वडा सदस्य अम्बिका तोलाङ्गीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष शुकलाल राजवंशी, वडा सदस्यहरू विष्णु राई, गणेश मगर, रचना कुलुङ राई लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

तालिमको पहिलो दिन संचारकर्मी  सरोज पौडेल प्रशिक्षक रहेका थिए भने  दोस्रो दिन तिलक गजमेर र पवित्रा पौडेलले प्रशिक्षण गरेका थिए।

तालिममा ५० जना सहभागी रहेका थिए भने समापन कार्यक्रम सञ्चालन बाल संजाल अध्यक्ष पवन गिरीले गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search