हल्दिबारी ४ द्वारा समावेशी स्मारिका विमोचन , स्रष्टा सम्मान तथा जातीय भेषभुषा वितरण

581 views

झापा।हल्दिबारी गाउँपालिका वडा नं ४ ले आज एक कार्यक्रमका बिच समावेशी स्मारिका विमोचन साथै जातीय भेषभुषा वितरण कार्यक्रम सम्पन्न गरेको छ।
वडा नं ४ को स्विकृत बजेट १ लाख ४० हजार बाट ११ हजार लिम्बु जातिको आनीपान कक्षा संचालन र १ लाख २९ हजार बाट राई, मगर, लिम्बु, राजवंशी,मेचे,सन्थाल, मधेसी, दलित, तामाङ्ग, भुजेल र नेवार गरी ११ जातको जातिय भेषभुषा खरिद गरिएको वडा सचिव जयप्रसाद पोखरेल ले बताए।

यसैगरी गत आ . व मै संकलन तथा सम्पादन भएको समावेशी स्मारिका आज सार्वजनिक गरिएको हो।

हल्दिबारी वडा नं ४ मा रहेका विभिन्न जातजातिको भाषा, धर्म संस्कृति, रीतिरिवाज समेटिएको स्मारिका तयार पार्न सहयोग गर्ने
स्मारिका सम्पादन मंडलका संयोजक हैकम घिसिङ ,तथ्यांक संकलनमा सहयोग गर्ने सन्तोष मेचे,काजिमान घिसिङ,रणकुमार राजबंशी,अम्बर लिम्बु,पबित्रा सेन्चुरी लगायत लाई कदरपत्र र दोसल्ला ले सम्मान गरिएको थियो।

स्मारिकामा स्थानीय स्तरमा रहेका १४ भन्दा बढी जातिको पहिचान,धर्म संस्कृति, रीतिरिवाज भाषा,कला, र जनसंख्या लाई समेटिएको छ। गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङदेनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्ष सन्तकुमार थापाको अध्यक्षता रहेको थियो ।वडा सदस्यहरू सदस्य भगिरथा दाहाल, शान्ता विश्वकर्मा, सुरेन्द्र बाराकोटी, जलथल प्रहरी चौकी इन्चार्ज देवेन्द्र सुव्वा, शिक्षक बडाराम हेमरम, पाताञ्जल योग समितिका अध्यक्ष मिलन विश्वकर्मा,बाल संजाल अध्यक्ष पवन गिरी लगायत अतिथि रहेका थिए।
कार्यक्रममा अर्जुन राई,लखन हेमरम,बडाराम हेमरम,नितेश्वर शाह,रणकुमार राजबंशी,मिलन बिश्वकर्मा र सम्मानित हुने संयोजक घिसिङ लगायत ले शुभकामना राखेका थिए।शान्तादेबी बिश्वकर्माले स्वागत , जितबहादुर राजबंशीले औचित्य माथि प्रकाश पारेको
कार्यक्रमको संचालन वडा सचिव जयप्रसाद पोख्रेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search