राष्ट्रिय प्रजातन्त्र पार्टीको नवीन राप्रपा कार्ययोजना सार्वजनिक

261 views

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेताहरुलाई भूगोल केन्द्रित जिम्मेवारी दिएको छ । र जिम्मेवारी अनुसार तोकिएको भूगोलमा नजाने नेतालाई पदीय जिम्मेवारीबाट मुक्त गर्ने नियम बनाएको छ ।

बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा, अब नवीन राप्रपा कार्ययोजना २०८० को मूल बुँदाहरु सार्वजनिक गर्दै राप्रपामा काम नगरी नेता हुन नपाइने व्यवस्था गरेको जानकारी गराएका छन् ।

राप्रपाले केन्द्र, प्रदेश, जिल्ला स्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरू समेत गरेर करिब ९०० जना नेताहरूलाई एकैसाथ संगठन बिस्तारका लागि भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरेको छ ।

एकैसाथ ७५३ वटै स्थानीय तह र ६ हजार ७४३ वटै वडा तथा प्रवासमा समेत जिम्मेवारी तोकेको राप्रपाले जिम्मेवारी प्राप्त नेताहरूले तोकिएको भूगोलमा ६ महिनासम्म संगठन बिस्तार र सुदृढिकरणका काम गर्नुपर्ने नियम बनाएको छ ।

जस अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनको जिम्मेवारी धरान उपमहानगरपालिकामा परेको छ । भूगोल केन्द्रित जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दैनिक क्रियाकलाप विधुतीय माध्यमबाट सचिवालयमा नियमित रूपमा पेश गर्नुपर्ने पनि राप्रपाले बताएको छ ।

‘राप्रपामा अब काम नगरि नेता हुन नपाईने ब्यवस्था मिलाइएको छ’ बिहीबार सार्वजनिक गरिएको कार्ययोजनाको मुख्य बुँदामा भनिएको छ । त्यस्तै भूगोल केन्द्रित जिम्मेवारीमा रहेका नेता तथा विभिन्न तहका कार्यसमितिका क्रियाकलापको समन्वय तथा अनुगमनका लागि सातवटै प्रदेशमा संयोजक तथा सह संयोजक पनि तोकिएको छ ।

राप्रपाले एकवर्ष भित्रमा सक्रिय सदस्य संख्या दुई लाख पुर्‍याउने, ६ महिना भित्रमा पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गर्ने,  केन्द्रीय कार्यसमितिमा ४० तथा कार्यसम्पादन समितिमा कम्तीमा ७ जना ४० वर्षसम्मका युवाको प्रतिनिधित्व गराउने पनि घोषणा गरेको छ ।

हेर्नुहोस् राप्रपाको नवीन राप्रपा कार्ययोजनाको मुख्य बुँदा

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठक २०८० जेष्ठ १,२,३मा संसोधन सहित पारित राजनीतिक कार्यपत्र अनुसार विभिन्न समयमा बसेको कार्य सम्पादन समिति तथा पदाधिकारीहरूको बैठकले तयार गरेको “राप्रपा:अब नवीन राप्रपा कार्ययोजना २०८०”अन्तर्गत जनताका घरदैलोमा राप्रपाका केही मूलभूत बुँदाहरू सार्वजनिक गर्ने कार्यक्रममा तपाईँ सञ्चारकर्मी साथीहरुलाई  हार्दिक स्वागत गर्दछु।

  • ६ महिनाभित्रमा पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गरिनेछ।
  • पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरूको अनिवार्य सहभागिताको व्यवस्था मिलाउन केन्द्रीय कार्यसमितिमा ४० तथा कार्यसम्पादन समितिमा कम्तिमा ७ जना विभिन्न प्रक्रियाबाट अनिवार्य ४० वर्षसम्मका युवाहरूको प्रतिनिधित्व गराईनेछ।
  • पार्टीले आगामी दिनमा विभिन्न तहमा उम्मेद्वार बनाउँदा ५०% प्राइमरी छनौट प्रक्रिया अपनाइनेछ।
  • केन्द्र,प्रदेश, जिल्ला स्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरू समेत गरेर करिब ९००जना नेताहरूलाई एकैसाथ संगठन बिस्तारका लागि भूगोल केन्द्रीत जिम्मेवारी प्रदान गरिएको छ।
  • एकैसाथ ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडा तथा प्रवासमा समेत यो जिम्मेवारी तोकिएको छ।

यसरी भूगोलमा जिम्मेवारी प्राप्त नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म तोकिए अनुसारको संगठन बिस्तार र सुदृढिकरणका काम गर्नुपर्नेछ।

  • यस अन्तर्गत राजसंस्था,हिन्दुराष्ट्र र संघीयता सम्बन्धित पार्टीको अवधारणालाई जनसमक्ष पुरयाउने।
  • भ्रष्टाचार र भ्रष्टाचारका विरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने
  • पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्ने विशेष अभियान सञ्चालन गर्ने।
  • स्थानीय पार्टी कार्यकर्तालाई सामाजिक क्रियाकलापमा परिचालन गरिनेछ।
  • यसरी भूगोल केन्द्रीत विशेष जिम्मेवारी अन्तर्गत अध्यक्ष राजेन्द्र लिङदेन धरान उपमहानगर पालिका,उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव प्रधान, रोशन कार्की,हेमजंग गुरुङ,मुकुन्दश्याम गिरी,उद्धव पौडेल क्रमश….
  • तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेता स्वतः पदिए जिम्मेवारीबाट मुक्त हुनेछन्।
  • भूगोल केन्द्रीत जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दैनिक क्रियाकलाप विधुतीय माध्यमबाट सचिवालयमा नियमित रूपमा पेश गर्नुपर्ने।
  • राप्रपामा अब काम नगरि नेता हुन नपाईने ब्यवस्था मिलाईएको छ।
  • भूगोल केन्द्रीत जिम्मेवारीमा रहेका नेता तथा विभिन्न तहका कार्यसमितिका क्रियाकलापको समन्वय तथा अनुगमनका लागि सातवटै प्रदेशमा संयोजक तथा सह संयोजकको व्यवस्था मिलाईएकोछ।
  • अबबाट विधुतीय माध्यमबाटै साधारण,सक्रीय सदस्य बन्न साथै आर्थिक सहयोग पनि गर्न सकिनेछ।
  • एकवर्ष भित्रमा सक्रिय सदस्य संख्या दुई लाख पुर्याईनेछ।
  • ६ महिना भित्रमा १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गरिनेछ।
  • सरकारी वेतनधारीहरूको भातृ संगठनलाई शुभेच्छुक संगठनमा परिणत गरिनेछ।
  • विधार्थी संगठनलाई राजनीतिक कम शैक्षिक बढि क्रियाकलापमा संलग्न गराईनेछ। मूलतःविश्वविद्यालयमा गैरराजनीतिक संगठनका रूपमा क्रियाशील रहनेछ।
  • जिम्मेवारीमा रहेका सबैका लागि १बाट ३ सदस्यता अभियान सञ्चालन गर्ने।
  • माथिका सबै क्रियाकलाप ६ महिना पछिपनि निरन्तर रहनेछ।
  • ६ महिनापछि भूगोलको जिम्मेवारी भने हेरफेर हुनेछ।
  • माथिको ६ महिने क्रियाकलाप सम्पन्न भएपछि जनजिविकाका सवाल तथा मान्यता स्थापना उद्देश्यका लागि जनदवाव सिर्जनाका लागि क्रियाकलापहरू अगाडि बढाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search