झापा।राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन दमक बहुमुखी क्याम्पसको ईकाई अधिवेशन एवम् नवआगन्तुक विद्यार्थी हरुलाई स्वागत कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
निरज फुयाल को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राप्रपा झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा,विशिष्ट अतिथी हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन लगायत पार्टीका विभिन्न तह र तप्कामा रहेका नेता सहित युवा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।
अधिवेशन बाट निरज फुयाल अध्यक्ष र राजेश थापा सचिव सहित २५ सदस्यिय समिति सर्वसम्मत चयन भएको छ।कार्यक्रम को संचालन बर्षा बस्तोलाले गरेकी थिइन्।