काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभरको मौसम सामान्य देखि पूर्ण बदली रही कोशी सहित चार प्रदेशमा भारी वर्षा हुने जनाएको छ ।
हाल देशभर मौसम सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर मौसम सामान्य देखि पूर्ण बदली रहनुका साथै सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले आज कोशी, मधेश, बागमती, गण्डकीमो धेरै स्थान तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुने उल्लेख गरेको छ ।
त्यस्तै सोमबार राती कोशी, मधेश, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन सहित भारी वर्षा हुने प्रक्षेपण महाशाखाको रहेको छ । साथै बाँकी अन्य प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा सबैभन्दा धेरै वर्षा लुम्लेमा ३० दशमलव ५ मिलिमिटर मापन भएको छ । त्यसपछि पोखरामा २६ दशमलव १ मिलिमिटर, घोराहीमा २५ मिलिमिटर र काठमाडौंमा १८ दशमलव ६ मिलिमिट वर्षा भएको छ ।
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026