काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधि सभा अवरोध गरेको छ । अवरोध पछि बैठक साउन २६ गते शुक्रबार बस्ने गरी बैठक स्थगित भएको छ ।
त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै आएको एमालेले सोही माग अघि सार्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।
मंगलबारको बैठकमा दलीय प्रतिनिधित्वका नेताहरूले धारणा राखेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको बैठकमा त्यस विषयमा सरकारको धारणा राखेका थिए । तर, उपप्रधानमन्त्री श्रेष्ठले उच्चस्तरीय समिति गठनको प्रतिवद्धता नजनाएको भन्दै एमालेले बैठक अवरुद्ध गरेपछि आज दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
सभामुख देवराज घिमिरेले संसद जनताको थलो भएको बताउँदै अवरोध नगर्न एमाले सांसदहरुलाई अनुरोध गरेका थिए ।
उनले भने ‘ जनताको सर्वोच्च थलो हो संसद, यसलाइ अवरोध गरेर यसप्रतिको जनताको विश्वासमाथि खेलवाड गर्न हुँदैन । ’
आजको बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने लगायतका कार्यसूची थिए ।
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026