डेंगी रोग नियन्त्रण सम्बन्धी” खोज र नष्ट गर” कार्यक्रम हल्दिबारी ४ मा सुरू

झापा। डेंगी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रम अन्तर्गत हल्दिबारी गाउँपालिका वडा नं ४ मा खोज तथा नष्ट कार्यक्रम गरिएको छ।

डेंगी रोग नियन्त्रण र रोकथामका लागि लामखुट्टेको बासस्थान पहिचान र नष्ट गर्ने क्रममा आज बडावारी बजार वरीपरी डेंगु सार्ने लाम्खुट्टे हुन सक्ने स्थान वरिपरी सरसफाई तथा जनस्तरमा यसको संक्रमण फैलन नदिन अपनाउन पर्ने सावधानीका बारेमा जानकारी गराईएको थियो।

डेंगी रोग लामखुट्टेको टोकाईबाट सर्ने भएकाले घरवरिपरि सफा राख्न, खुल्ला ठाउँमा पानी भरेर नराख्न र खाल्डाखुल्डीमा जमेको पानी हटाउँदा संक्रमण फैलिने सम्भावना कम हुने जलथल स्वास्थ्य चौकीका इन्चार्ज माधवप्रसाद यादवले बताए।
यसैगरी वडा अध्यक्ष थापाले वडाका सबै टोलटोलमा सचेतना कार्यक्रम गरिने बताए।

हल्दिबारी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष सन्त कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य भगिरथा दाहाल, जलथल स्वास्थ्य चौकी का इन्चार्ज माधव प्रसाद यादव, जलथल प्रहरी चौकी का इन्चार्ज देवेन्द्रराज आङदेम्बे साथै स्वास्थ्यकर्मीहरु, शिक्षक, संचारकर्मी सहित टोल विकास संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

डेंगी रोग नियन्त्रण र रोकथामका लागि हल्दिबारी गाउँपालीकाले सचेतनाका कार्यक्रमहरू गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search