झापा। राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन झापाले अन्तर्राष्ट्रिय युवा दिवस को अवशर पारेर भद्रपुरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित ६२ जनाले रक्तदान गरेका छन्।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोग रहेको थियो।
बढ्दो रक्त अभाव लाई कम गर्न सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको व्यवस्थापक देवेन्द्र पोखरेलले बताए।
राप्रपाका झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले पहिलो रगत दिएर कार्यक्रमको उद्घाटन गरेका थिए । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन झापाका अध्यक्ष राजकुमार राईको अध्यक्षता तथा राप्रपाका सहमहामन्त्री भारतेन्दु कुमार मल्लिकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन,राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कोशी प्रदेशका अध्यक्ष राजकुमार योङ्या लगायत राप्रपाका नेता कार्यकर्ता तथा अन्य रक्तदाताहरुको उपस्थिति रहेको थियो ।