झापा।हल्दिबारी गाउँपालिका वडा नं ५ मा रहेको श्री मोती आधारभूत विद्यालयका पूर्व विधार्थी नेत्र कन्दङ्वाले विद्यालयमा खानेपानी धारा जडान गरेर आज एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरेका छन् भने विधार्थीहरूलाई पानी खाने बोतल पनि वितरण गरेका छन्।
आज एक कार्यक्रमका बिच समाजसेवी आमा रत्नमाया कन्दङ्वा र हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले संयुक्त रूपमा धारा उदघाटन गरेका थिए।
वैदेशिक रोजगारीका शिलशिलामा हंककङमा रहेका कन्दङ्वाले नेपाल आएको समयमा आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीहरुलाई केही सहज होस् भनेर धारा जोडिदिएका हुन।आजै हल्दिबारी ५ मा रहेको शान्ति प्रा वि मा पनि पानी खाने बोतल वितरण गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिवन नेम्वाङको
अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी आमा रत्नमाया कन्दङ्वा, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, किराँत याक्थुङ चुम्लुङ बिर्तामोड अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा, हल्दिबारी वडा नं ५ का वडा सदस्य जिवन कन्दङ्वा, हल्दिबारी वडा नं ४ कि वडा सदस्य शान्ता विश्वकर्मा, समाजसेवी डम्वर नेम्वाङ, मणिराज कन्दङ्वा,भिममाया नेम्वाङ लगायत पूर्व विद्यार्थीहरु, शिक्षक, विधार्थीहरू लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन सरस्वती कन्दङ्वाले गरेकी थिइन्।
पूर्व विधार्थीहरूले यसअघि पनि पङखा लगायत आवश्यक सामग्रीहरु वितरण गरेका थिए।