काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सदनको अवरोध हटाउने कुरामा प्रतिपक्ष र सरकार दुबै पक्ष लचिलो भएको बताएका छन् ।
आईतबार संसद अवरोध हटाउन बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुसंगको बैठक पछि पत्रकारहरुसंग कुरा गर्दै उनले दुवै पक्ष सकारात्मक देखिएको बताए ।
‘अहिले प्रमुख प्रतिपक्ष पनि लचिलो भएको छ । सरकार पनि लचिलो भएको छ । र हामीले दुवै पक्षलाई संसदको अवरोध समाप्त गर्ने दिशातर्फ पहल गरेका छौं ।’
उनले सुन प्रकरणको विषयमा अहिले भईरहेको अनुसन्धानलाई पनि प्रभावित नगर्ने र प्रतिपक्षको मागलाई पनि सम्बोधन गर्ने खालको कुरा भएको बताएका छन् ।
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026