काठमाडौं । समय अभावका कारण आजका लागि बोलाइएको सर्वदलीय बैठक भोली ११ बजे बस्ने भएको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नको आवश्यक कार्यविधि बनाउन बसेको कार्यदलको बैठकपछि एमाले संसदीय दलका नेता सुवास नेम्बाङले आज समय अभावका कारण बैठक भोली बस्ने गरी स्थगीत भएको जानकारी दिए ।
‘ आज प्रधानमन्त्री र सभामुख ज्यूबीच पनि टेलिफोन कुराकारी भयो । प्रधानन्यायधीशको शपथलगायतका कारणले आजको संसद बैठक र सर्वदलीय बैठक स्थगित गर्ने कुरा भएको हो । ’ उनले भने ‘ समय लिएरै छलफल गरौं भन्ने भएर सर्वदलीय बैठक भोलिका लागि सारिएको छ । बैठक ११ बजे यही सिंहदरबारमा बस्छ ।’
उनले आजको कार्यदल बैठक समेत सकरात्मक रुपमा सकिएको बताए । उनले भने ‘आजको बैठक एक सकरात्मक छ । समय अभावका कारण मात्रै आज संसद बैठक स्थगित गरिएको हो ।’ समिति गठन गर्न बनेको कार्यदलले ड्राफ्ट तयार पारिसकेको उनले बताए ।
ंकार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे र नेपाली कांग्रेसबाट रमेश लेखक रहेका छन् ।
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026