झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी झापा क्षेत्र नं ३ को क्षेत्रीय विस्तारित भेलालाई निर्वतमान उपप्रधानमन्त्री तथा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गरेका छन्।
क्षेत्र नं ३ अन्तर्गत कचनकवलमा भएको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई नविन राप्रपा कार्ययोजना पूर्ण रूपमा कार्यान्वयन तथा तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका थिए।
देशमा भष्ट्राचार र अराजकता बढेको भन्दै उनले जनताको एकमात्र आशा राप्रपा भएको जिकिर गरेका थिए।
आजको विस्तारित भेलाले नवीन राप्रपा कार्य योजना अन्तर्गत झापा क्षेत्र न.३ अन्तर्गत रहेका सबै टोल,वडा,पालिका र प्रदेशका सवै बर्गीय समितिहरु २०८० असोज मसान्त सम्ममा पुनर्गठन गरी सक्ने,
कार्तिक १८ गते राजगढ सामुदायिक भवनमा क्षेत्रीय कार्य समिति पुनर्गठन गर्नका लागि पालिकाहरु सँग छलफल गर्ने र
पार्टीका सबै तहका समितिहरुलाई सक्रिय बनाउदै पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिने निर्णय भएको थियो।
क्षेत्र नं ३ कि अध्यक्ष तुलशा आचार्य को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, अतिथिहरूमा केन्द्रीय सदस्य रामकुमार राजवंशी,अन्जार आलम, प्रदेश सभा सदस्य निमसरी राजवंशी,जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, उपाध्यक्ष सिता लम्साल, महिला संगठन केन्द्रीय सदस्य सिता श्रेष्ठ मेचे, युवक संगठन जिल्ला अध्यक्ष राजकुमार राई, क्षेत्र नं ३ का अध्यक्ष पूर्ण राना, ३ ख अध्यक्ष एवंम हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, राप्रपा हल्दिबारी गाउँपालिका अध्यक्ष एकराज राना मगर, बार्हदशी अध्यक्ष पि वि कटवाल, कचनकवल अध्यक्ष रवि ओझा, बिर्तामोड १० का अध्यक्ष भवानी राउत लगायत रहेका थिए।कार्यक्रममा पालिकाका अध्यक्षहरूले आफ्नो ठाउँमा भए गरेका पार्टीका गतिविधिहरू प्रस्तुत गरेका थिए।
आजै विभिन्न पार्टी परित्याग गरी केही संख्यामा राप्रपा प्रवेश गरेका थिए।
क्षेत्रिय उपाध्यक्ष रामबिरसिंह राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव खिवराज भट्टराईले गरेका थिए।