झापामा संयुक्त महिला आवाज संस्था गठन, अध्यक्षमा शिखा खडका

झापा। विभिन्न समस्याका कारण जोखिममा परेका   महिलाहरूलाई पुनर्स्थापना गर्ने, क्षमता अभिवृद्धिका लागि तालिम संचालन गर्ने,महिला माथि हुने शोषणको न्युनिकरण गर्न पहल गर्ने तथा महिलाहरुको जिवनस्तर सुधार गर्न सिपमूलक तालिम संचालन गर्ने लगायतका सामाजिक कृयाकलाप गर्ने उद्देश्यले  झापामा संयुक्त महिला आवाज नेपाल नामक संस्था गठन गरिएको छ ।

विर्तामोड नगरपालिका–२ की शिखा खड्का गणेशको अध्यक्षतामा उक्त संस्था गठन गरिएको हो । समितिको उपाध्यक्षमा मुना खड्का, सचिवमा अनिता रेग्मी एवं सदस्यहरुमा बविता खड्का, एलिसा कटुवाललगायत ७ जना रहेका छन् ।

खड्का यसअघि महिला हिंसा न्युनिकरणका लागि कार्यरत संस्था मेची–महाकाली बुहारी संयुक्त आवाजको संस्थापक झापा अध्यक्ष हुन्।

महिलाहरुको हक अधिकार सँगै  बाल अधिकारको क्षेत्रमा  पनि संस्थाले कार्य गर्ने अध्यक्ष खड्काले बताइन्।

उनका अनुसार संस्थाको साधारणसभा ६ महिनाभित्रमा सम्पन्न गरी कार्यकारी समिति गठन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search