सक्रिय ज्येष्ठ नागरिक सहकारीको साधारण सभा सम्पन्न, ५ जना वृद्धवृद्धाहरुलाई सम्मान

झापा। ३३ औ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको दिन आज सक्रिय जेष्ठ नागरिक कृषि सहकारी संस्था हल्दिबारी को वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष ओमकृष्ण सेलवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए। हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली ,मानव अधिकारका लागि एकल महिला समुह झापा कि अध्यक्ष रेखा अधिकारी, रेडक्रस सोसाइटी उपशाखा जलथलका अध्यक्ष रेम खरेल, जलथल स्वास्थ्य चौकीका इन्चार्ज माधवप्रसाद यादव,ऋण समितिका संयोजक श्रीप्रसाद बाराकोटी लगायत को आतिथ्यता रहेको कार्यक्रममा सहकारी मा आवद्ध वृद्धवृद्धाहरु को उपस्थिति रहेको थियो।
२०६९ सालमा स्थापना भएको संस्थामा विशेष गरी हल्दिबारी ३/४ र ५ नं वडाका का ६० वर्ष माथिका १२१ जना वृद्धवृद्धाहरु सदस्य रहेका छन्।
संस्थाले यसवर्ष ४६ लाख ५९ हजार १ सय ५१ रूपैयाँ बराबरको आर्थिक कारोबार गरेको प्रतिवेदन सचिव अर्जुनप्रसाद गिरीले प्रस्तुत गरेका थिए। यसैगरी आगामी वर्षको अनुमानित बजेट तथा कार्यक्रमहरु पनि अनुमोदन गरिएको थियो।


प्रत्येक महिनाको ४ गते नियमित बचत गर्ने तालिका रहेको सहकारीले सहकारी स्थापनार्थ मुख्य भूमिका निभाउने मानव अधिकारका लागि एकल महिला समुह झापा कि अध्यक्ष रेखा अधिकारी सहित उत्कृष्ट बचतकर्ता, ऋणी ,एकल महिला लगायत ५ जना सदस्यहरूलाई आज सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष लिङदेनले ज्येष्ठ नागरिकहरूले सहकार्य गरि अघि बढाएको सहकारीलाई गाउँपालिकाले सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
संस्थाकी उपाध्यक्ष पुण्यकुमारी लामिछानेले स्वागत , ऋण समितिका संयोजक श्रीप्रसाद बाराकोटीले औचित्य माथि प्रकास पारेको कार्यक्रमको संचालन सचिव अर्जुनप्रसाद गिरीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search