झापा।मङ्सिर ९ गते श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पुर्ब राजा ज्ञानेन्द्र शाह झापा आउने कार्यक्रमको तयारी तीव्र पारिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले सबै स्थानिय निकायमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरु खटाएको छ।
यसैक्रममा आज राप्रपा भद्रपुर नगरसमितिले राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन को उपस्थितिमा तयारी लगभग पूरा गरेको जानकारी गराएको छ।
कार्यक्रमलाई भव्य बनाउन राप्रपाले तयारी तीव्र पारेको छ।