झापा। जंगली हात्तीको आक्रमणमा परि रणकाली सामुदायिक वन उपभोक्ता समूहका चौकीदार ४७ वर्षिय धनबहादुर वनको मृत्यु भएको छ।
उनी आज बिहान सामुदायिक वनको नियमित रेखदेखको लागि गएका थिए । जंगली हात्तीसँग जम्काभेट भएपछि उनलाई आक्रमण भएको हुन सक्ने प्रहरीले जनाएको छ।
घाँस काट्न जाने स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जलथल प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।