अपाङ्गता सम्बन्धी अभिमुखीकरण कार्यक्रम हल्दिबारी गाउँपालिकामा सम्पन्न

झापा।३२ औ अन्तराष्ट्रिय अपाङ्गता दिवशको अवशरमा हल्दिबारी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई ऐन,नियम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।


हल्दिबारी गाउँपालिका अपाङ्गता समन्वय समितिकी संयोजक एवं हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए।
यसैगरी हल्दिबारी वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा,२ नं वडाध्यक्ष शुकलाल राजवंशी ,४ नं वडाध्यक्ष सन्तकुमार थापा साथै कार्यपालिका सदस्यहरू शान्ता शिवाकोटी,आयुशा मेचे,वडा सदस्यहरू रचना कुलुङ, अम्बिका तोलाङगी, प्रकाश कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने , विभिन्न शाखाका प्रतिनिधिहरू, अपाङ्गता सम्बन्धी विभिन्न संघसंस्थाका प्रतिनिधिहरू,लगायत जनप्रतिनिधि र कर्मचारीहरूको आतिथ्यता रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा अपाङ्गता हकहित तथा ऐनका बारेमा प्रशिक्षकद्वय भक्त बस्नेत र देवु चापागाईले प्रशिक्षण दिएका थिए।
अपाङ्गता समन्वय समितिकी सदस्य इन्दिरा कडेल चुडालले स्वागत गरेको कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगरले गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search