झापा। इलामको माई नगरपालिका वडा नं २ मा रहेको प्राकृतिक सुन्दरता को साथमा कृत्रिम रूपमा बनाइएको हेप्पी ड्रिम्स पार्क चेप्टी आन्तरिक र बाह्य पर्यटकहरूको पहिलो रोजाइ बन्ने गरेको छ।
घुमघाम र पिकनिकका लागि उपयुक्त स्थान मानिने यहाँ पिकनिक को सिजन सुरु भएसँगै आगन्तुक हरू लाई सहज होस् भनेर पिकनिक स्टल निशुल्क गरिएको हेप्पी ड्रिम्स चेप्टीका संचालक दिनेश शिवाकोटीले जानकारी दिएका छन्।
बिर्तामोडबाट करिब २५ किलोमिटर टाढा रहेको चेप्टी पार्क आन्तरिक र बाह्य पर्यटकहरूको पहिलो रोजाइ बन्ने गरेको छ। माई नदीको दोभानमा चुरेको फेदीमा रहेको पार्क बिदा मनाउन, पिकनिक खान, घुमघाम गर्न पूर्वमै रमाइलो पार्क रहेको छ।
पानीजहाज, डुङ्गासयर, विभिन्न प्रकारका पिङ , नमुना हिमाल, सुन्दर फुलबारी र कृत्रिम छाँगा, सेल्फी डाँडा यहाँका मुख्य आकर्षण हुन।