झापाको भद्रपुरमा कामाक्षा सिटिसि चिया ( प्याकेजिङ ) उधोग को उद्घाटन भएको छ।
भद्रपुरका व्यवसायी ज्ञानबहादुर राई ( सबिन ) र मनकुमारी सेन्देङले संयुक्त रूपमा कामाक्षा चियालाई बजारमा ल्याएका हुन।
पूर्णरूपमा अर्गानिक र गुणस्तरिय रहेको चियाले बजारमा राम्रो प्रतिस्पर्धा गर्ने पनि सबिनले बताए ।
हल्दिबारी गाउँपालिका का अध्यक्ष रविन्द्र प्रसाद लिङदेन ले रिवन काटेर उधोग को उद्घाटन गरेका थिए।
प्रतिकेजी ६ सय ५० रुपैयाँ तोकिएको चिया को होलसेल मूल्य भने केही फरक पर्न सक्ने व्यवसायी मनकुमारी ले बताइन्।
उनीहरूले ग्राहकहरूको माग लाई ध्यानमा राखेर चियाका साना देखि ठूला प्याकेज बजारमा ल्याउने जानकारी दिएका थिए।