हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वनद्वारा हल्दिबारी मा वि मा अक्षयकोष स्थापना

झापा। हल्दिबारी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत एवंम हल्दिबारी माध्यमिक विद्यालयका पुर्व विद्यार्थी मान बहादुर वन (महेन्द्र) ले आफ्ना स्वर्गिय मातापिताको नाममा अक्षयकोषको स्थापना गरेका छन् ।

हल्दिबारी मा वि को ५१ औँ वार्षिकोत्सवको अवसरमा वनले स्वर्गिय मातापिता जगत बहादुर वन र नरमाया वनको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापनाको लागि विद्यालयका प्रधानाध्यापक टंक बहादुर पाख्रिनलाई रकम हस्तान्तरण गरेका हुन ।

अक्षयकोषको व्याजबाट प्राप्त रकम प्रत्येक वर्ष मुटु, दम र स्वास प्रश्वास रोगबाट पीडित विद्यार्थीलाई प्रदान गर्ने गरि अक्षयकोषको स्थापना गरी विद्यालयलाई जिम्मेवारी दिएको प्रमुख प्रशासकीय अधिकृत वनले बताए।

सोही अवसरमा विद्यालयका पुर्व विद्यार्थी खगेन्द्र दाहालले आफ्ना मातापिता हरि प्रसाद दाहाल एवं पिङ्गलादेवी दाहालको स्मृतिमा समेत अक्षयकोषको स्थापना गरेका छन् । स्वर्गिय हरि प्रसाद दाहाल हल्दिबारी माविका पुर्व शिक्षक समेत रहेका थिए।दाहाल दम्पतीको नाममा १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।

हल्दिबारी मा .वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार राईको अध्यक्षता एवं कोशी प्रदेश सदस्य माननीय छविलाल चुडालको प्रमुख आतिथ्यतामा विधालयको ५१ औँ वार्षिकोत्सब आज भव्यताका साथ सम्पन्न भएको छ ।

साेही अवसरमा विद्यालयले दुईजना सक्रिय अभिभावक, ६ जना शिक्षक साथै पुर्व शिक्षकहरू भिम बहादुर श्रेष्ठ र साेम बहादुर तामाङ्गलाई बिदाई साथै सम्मान समेत गरिएकाे थियाे ।

विधालयकाे बार्षिक उत्सवमा आयाेजना गरिएकाे खेलकुद एवं साँस्कृतिक कार्यक्रममा बिजयी विद्यार्थीलाई पुरस्कार समेत बितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि माननिय छविलाल चुडाल , गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, विद्यालयका संस्थापक प्र.अ. नरेन्द्र कुमार कार्की, विधालयका प्र.अ. टंक पाख्रिन लगायतले शुभकामना मन्तव्य राखेका थिए। पिटिए अध्यक्ष शारदा चम्लागाईँले स्वागत मन्तव्यमा राखेको कार्यक्रमको संचालन विद्यालयका सहायक प्र.अ. तुलसी प्रसाद कोइरालाले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search