कचनकवलमा बृहत रक्तदान सम्पन्न,९१ पिन्ट रगत सङ्कलन

झापा । ” रक्तदान जीवनदान’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी वडा कार्यसमिति कचनकवल ६ ले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

बढ्दै गएको रगतको अभावलाई थोरै भएपनि न्युनिकरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ८० पुरुष र ११ जना महिलाले रक्तदान गरेका थिए ।
पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटल एण्ड रिसर्च सेन्टर बिर्तामोडको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी, झापा जिल्ला शाखाको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको राप्रपा वडा कार्यसमितिका अध्यक्ष हृदय नारायण सिंह राजवंशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search