नेपाल एयरलाइन्सले ५ वटा जहाज लिलामीमा राख्यो

नेपाल एयरलाइन्सले ५ वटा पुराना जहाज लिलामीमा राखेको छ। सूचना जारी गर्दै एयरलाइन्सले २ वटा एमए–६० र ३ वटा वाई–१२ ई जहाज बेच्न लागेको बताएको छ।

यी चिनियाँ जहाजहरू ३ वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन्। जहाज जे जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बेच्न लागिएको र जसले बढी मूल्य कबुल गर्छ, उसैले जहाज पाउने सूचनामा उल्लेख छ।

त्यसका लागि आज गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ। निवेदन दिने म्याद ४ फेब्रुअरीसम्म अर्थात् आगामी २१ माघसम्म छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search