गरमकाली आधारभूत विद्यालय हल्दिबारी को ३६ औ वार्षिकोत्सव सम्पन्न

झापा। हल्दिबारी गाउँपालिका वडा नं १ मा रहेको गरमकाली आधारभूत विद्यालयको ३६ औ वार्षिकोत्सव समारोह विविध कार्यक्रमहरु गरि मनाइएको छ।


विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हिमालय राई को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापा क्षेत्र नं ३ ख का माननीय सांसद छविलाल चुडाल रहेका थिए ।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली को विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा सदस्यहरू शान्ता शिवाकोटी, प्रकाश कार्की, रुपा रसाइली, जनजागृति माविका प्रधानाध्यापक इन्दिरा कडेल चुडाल, सरस्वती मा वि का प्र अ राम गुरूङ, दुर्गादेवी प्रा वि कि प्र अ श्यामा कटुवाल, अक्षयकोष दाता जिवन न्यौपाने,सरस्वता न्यौपाने, १ नं वडाका पूर्व वडाध्यक्ष त्रिलोचन सापकोटा, समाजसेवी महेश मेचे, हल्दिबारी गाउँपालिका शिक्षा सहजकर्ता दुर्गाप्रसाद अधिकारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो।
विद्यालयका प्रअ रामप्रसाद पराजुलीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको स्वागत सूर्यप्रसाद सुवेदीले गरेका थिए।

विद्यालयमा १ लाख ६० हजार को अक्षयकोष स्थापना गर्ने जिवन न्यौपाने र सरस्वता न्यौपाने, शुद्ध खानेपानीको लागि सहजिकरण गरिदिने महेश मेचे, शिक्षक शरद्चन्द्र खनाल र माधवप्रसाद भट्टराईलाई सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चुडालले विगत भन्दा सुधारिएको विद्यालयको अवस्था देखेर खुशी लागेको र आगामी दिनमा आफूले गर्नुपर्ने सबै प्रकारले सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।
यस्तै गाँउपालिका अध्यक्ष लिङदेनले नमुना बालकक्षा, दिनदिनै बढिरहेको विधार्थी संख्या, शिक्षक तथा व्यवस्थापन समितिको सक्रियताले १ वर्षमै विद्यालयको अवस्था परिवर्तन भएको भन्दै आभार प्रकट गरेका थिए। यस्तै उनले हल्दिबारी गाउँपालिकाले शिक्षा र स्वास्थ्यका लागि लगानी गरिरहेको र आवश्यक सुधार गर्न प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा विधार्थीहरुले स्वागत सहित साकेला लगायतका नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाएका थिए। कार्यक्रमको संचालन शिक्षक बडाराम हेमरमले गरेका थिए।
विद्यालयमा ३७१ जना विद्यार्थी अध्ययनरत रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search