सामुदायिक वन उपभोक्ता महासंघ झापाले बुझायो डिभिजन वन कार्यालयमा ज्ञापनपत्र

झापा। सामुदायिक वन उपभोक्ता महासंघ झापाले विभिन्न माग राख्दै जिल्ला वन कार्यालय झापामा ज्ञापन पत्र बुझाएको छ। सामुदायिक वनले आपूर्ति को काठ बिक्री वितरण गर्दा उपभोक्तालाई महंगो र आपूर्तिलाई सस्तोमा बेच्नुपर्ने बाध्यता आएकाले त्यसमा सोचविचार गर्न, सामुदायिक वनको कटान मुछान र बिक्री वितरण गर्न कुनै बहानामा रोक्न नमिल्ने,मानव हात्ती द्वन्द्वले दिनदिनै निम्त्याएको समस्यालाई न्युनिकरण गर्न पहल गर्नुपर्ने तथा सोलार फेनेसिङ मर्मत सम्भार गर्नुपर्ने तथा जलथल वन, हातेमालो, कालीका,बाँसबारी,मागुरमाडी लगायत का वन समूहमा लगाईएको फेनेसिङ को अपनत्व स्थानीय सरकारलाई दिन पहल गर्नुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराइएको पत्र डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत नथुनी यादवलाई बुझाइएको महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारी ले बताए।


विभिन्न सामुदायिक वन समूहका पदाधिकारीहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको कार्यक्रममा उपभोक्ताको हक अधिकार सुनिश्चित गर्ने, वनलाई कसरी संरक्षण गर्दै लाभ लिन सकिन्छ ति विषयमा छलफल सहकार्य गरेर अघि बढ्न आग्रह गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search