झापा।परिवार योजना (नियोजन ) स्थायी बन्धयाकरण घुम्ती शिबिर सम्बन्धी अन्तरकृया कार्यक्रम हल्दिबारी
गाउँपालिकामा सम्पन्न भएको छ।
स्वास्थ्य कार्यालय झापाको वार्षिक कार्यक्रम अन्तर्गत परिवार योजना को स्थायी बन्धयाकरण घुम्ती शिबिर पुरूषका लागि ( भ्यासेक्टोमी) र महिलाहरूका लागि ( मिनिल्याप) सेवा संचालनका लागि योजना तयारीका लागि स्वास्थ्य स्वयंमसेविकाहरू सँग गरिएको गोष्ठीमा स्थायी बन्धयाकरण सम्बन्धी समाजमा रहेको धारणा तथा वास्तविकता बारे छलफल गरिएको थियो।
यसैगरी सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य र बन्धयाकरण को फाइदाका बारेमा अन्तक्रिया भएको थियो।आगामी माघ ११ गते हल्दिबारी स्वास्थ्य चौकीमा बन्धयाकरण शिविर संचालन गरिने पनि स्वास्थ्य कार्यालय झापाले जनाएको छ।