झापा। ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले कचनकवलमा विभिन्न कार्यक्रमहरू गरि मनाएको छ।
कचनकवल गाउँसमितिका अध्यक्ष रबिचन्द्र ओझाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राप्रपाका सहायक महामन्त्री भारतेन्दु मल्लिक रहेका थिए।
राप्रपा कार्यबाहक अध्यक्ष सिता लम्साल, प्रदेश सांसद माननीय निमसरि राजवंशी, क्षेत्रिय सभापति एवं हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन,संविधान सदस्य भक्त खपाङि, भद्रपुर नगरपालिका उपमेयर राधा कार्की,अन्जार आलम लगायत अतिथि रहेका थिए।
कार्यक्रममा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको तस्वीरमा दिपप्रज्वलन तथा माल्यार्पण गरिएको थियो भने उनको व्यक्तित्वको बारेमा रविन्द्र लिङदेनले चर्चा गरेका थिए।
यसैगरी कार्यक्रममा मुन्ना आलम र पशुपति पोखरेलले कविता वाचन गरेका थिए।
कार्यक्रमको संचालन जिल्ला सचिव कुमार थापाले गरेका थिए।