तरकारी बालीमा आइ.पिएम प्रयोग सम्बन्धी कृषक पाठशाला हल्दिबारीमा सुरु

झापा। लहरे तरकारी बालीमा आइ.पिएम प्रयोग सम्बन्धी कृषक पाठशालाको पहिलो तयारी बैठक सम्पन्न भएको छ।
हल्दिबारीका गाउँपालिका कृषि विकास शाखाको आयोजनामा भएको कार्यक्रममा वडा नं १ ,४ र ५ का कृषि समूहका प्रतिनिधिहरूको सहभागीता रहेको थियो।

Advertisement

विषादी प्रयोग नगरी वा गर्नैपर्ने भएमा कम मात्रामा प्रयोग गरी वातावरण संरक्षण र मित्रजीव संरक्षण गरी बालीलाई हानी पुर्याउने शत्रुजीव व्यवस्थापन गर्नुलाई एकिकृत शत्रुजीव नियन्त्रण गर्नुलाई आई.पिएम भनिन्छ ‌।
यहि विषयमा किसानलाई बुझाउने तथा बाली उत्पादनमा आइपर्ने समस्या तथा व्यवस्थापन सम्बन्धी १६ हप्ताको तालिम छिट्टै संचालन गर्ने पनि तयारी भैरहेको कृषि शाखा प्रमुख छविलाल गुरूङले बताए।
कृषक गोविन्द गौतमको सभापतित्वमा भएको कार्यक्रममा हल्दिबारी वडा नं ५ का वडाध्यक्ष खड्गबहादुर लावती, कार्यपालिका सदस्य भगिरथा दाहाल लगायत विभिन्न कृषि समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।शरण दंगालले स्वागत गरेको कार्यक्रमको सहजीकरण आई.पिएम सहजकर्ता यादव नेपालले गरेका थिए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search