झापा।हल्दीबारी गाउँपालिका वडा नं २ ले कृषकहरूको ५० प्रतिशत लागत साझेदारीमा मकै छोडाउने मेसिन तथा चापकटर वितरण गरेको छ ।
वडाको वार्षिक कार्यक्रम अन्तर्गत १६ लाख २६ हजार लागत मा खरिद गरिएको कृषि सामाग्रीमा ५० प्रतिशत कृषकहरूको साझेदारी रहेको छ।
४३ थान चापकटर र २१ थान मकै छोडाउने मेसिन कृषकहरूको माग निवेदनका आधारमै खरिद गरिएको वडा अध्यक्ष शुकलाल राजवंशीले बताए।
धेरैजसो वडावासीहरू कृषक रहेकाले कृषि उत्पादन बढाउन तथा प्रविधिमैत्री बनाउन सामाग्री वितरण गरिएको हो।
वडा अध्यक्ष शुकलाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरू रचना कुलुङ, गणेश मगर, विष्णु राई, अम्बिका तोलाङ्गी सहित सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
यसैगरी वडा मार्फत उत्कृष्ट तरिकाले मेलमिलाप गराउने मेलमिलापकर्ता यामकान्त निरौला र मित्रलाल काफ्लेलाई सम्मान गरिएको थियो ।
यसैगरी वडालाई १ थान दराज र ५ थान कुर्सी उपलब्ध गराउने हर्देव राजवंशीलाई सम्मान गरिएको थियो।
कार्यक्रम सहजीकरण वडा सचिव मदन थापा ले गरेका थिए।