विद्यार्थीहरुले आलुबाट चिप्स बनाई प्याकेजिङ्ग गरि बजारीकरण सम्पन्न

झापा। शिपमुलक सिकाई अन्तर्गत आज माघ १४ गते कृष्णसागर अंग्रेजी विद्यालय हल्दिबारी ४ का कक्षा ५,६ र ७ का विद्यार्थीहरुले आलुबाट चिप्स बनाई प्याकेजिङ्ग गरि बजारीकरण गरेका छन ।

सीप सिकेर रोजगार बन्न सकुन भन्ने भन्ने उद्देश्यले यसो गरिएको शिक्षक योगेश कार्कीले बताए ।पढाइ का अलवा विद्यार्थीहरुको रुचि अनुसार को गतिविधिहरु स्कलले संचालन गर्दै आएको छ ।

यसअघि विद्यार्थीहरुलाई तिहार को समयमा मैन बत्ती बनाई बजारीकरण समेत गर्न सिकाई सकेको स्कुलले आगामी दिनमा पनि अन्य थुप्रै सिपमुलक कार्यक्रमहरु संचालन गर्ने तयारी अगाडि बढाईरहेको संचालक नितेश खरेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search