झापा। राष्ट्रपति रनिङ शिल्ड अन्तर विधालय खेलाडी छनौट प्रतियोगिता हल्दिबारी गाउँपालिकाको आज दोस्रो दिन खेलाडीहरूले विभिन्न खेलहरूमा प्रतिस्पर्धा गरेका छन्।
आज भएको फाइनल खेलहरूमा २०० मि. छात्र दौडमा जनजागृति मावि का अरूण राई प्रथम,द्वितीय हल्दिबारी मा वि का राम लिम्बु र तृतीय लक्ष्मी मा वि का विशाल भण्डारी भएका थिए भने छात्रा तर्फ चिल्ड्रेन गार्डेन एकाडेमी कि अम्बिका महतो प्रथम, महेन्द्र मा वि कि मुना सोरेन द्वितीय र महेन्द्र मा वि कै युना सुवेदी तृतीय भएका थिए। द्वितीय र लक्ष्मी मा वि कै सुनिता कर्माकार तृतीय भएकी थिइन।
यसैगरी १५०० मि.दौडमा छात्र तर्फ जनजागृति मा वि का प्रज्जवल रायमाझी प्रथम,हल्दिबारी मा वि का सञ्जय मुर्मु द्वितीय र सन्देश गुरूङ तृतीय भएका थिए भने छात्रा तर्फ चिल्ड्रेन गार्डेन एकाडेमी कि अम्बिका महतो प्रथम, हल्दिबारी मा वि कि वर्षा योङहाङ द्वितीय र कृषा मुर्मु तृतीय भएका थिए।
यसैगरी १०० मि /४ दौडमा चिल्ड्रेन गार्डेन एकाडेमी प्रथम, लक्ष्मी मा वि द्वितीय र पञ्चायत मा वि का छात्राहरुको समूह तृतीय भएका थिए ।
यसैगरी १०० मि /४ रिले दौडमा चिल्ड्रेन गार्डेन एकाडेमी प्रथम, लक्ष्मी मा वि द्वितीय र पञ्चायत मा वि का छात्राहरुको समूह तृतीय भएका थिए ।
यसैगरी ज्यावलिन थ्रो छात्रा फाइनलमा चिल्ड्रेन गार्डेन एकाडेमी कि दिक्षा चौधरी प्रथम, लक्ष्मी मा वि का सलिना बोगटी र सुनिता कर्माकार द्वितीय र तृतीय बनेका थिए।
यस्तै ट्रिपल जम्प छात्र तर्फ जनजागृति मावि का आयुष पराजुली प्रथम, सिग्मा इङलिस स्कुलका रिवाज बोहोरा द्वितीय र हल्दिबारी माविका राजेश राजवंशी तृतीय भएका थिए।
आज भएका फाइनल खेलका खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो।
भोलि आज हिट भएका एथलेटिक्सका खेलहरू, ३००० मि. दौड,भलिबल तथा कब्बडी छात्र छात्राको खेलहरू फाइनल हुनेछन्।